सुदूरपश्चिम प्रदेशसभा सामुन्ने थारु समुदायको प्रदर्शन
सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐनमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा थारुहरुलाई आरक्षणको सुनिश्चितता गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको छ । नेपाल रानाथारु समाज, थारु कल्याणकारी सभा, थरुहट थारुवान राष्ट्रिय मोर्चा, थारु नागरिक समाजले आज धनगढीस्थित सुदूरपश्चिम प्रदेशसभाको गेटअगाडि संयुक्त प्रदर्शन गरेका हुन् ।
प्रदेश सरकारको ‘सुदूरपश्चिम प्रदेश निजामती सेवा, २०७९’ लाई संशोधन गर्न बनेको विधेयकमा आफ्ना माग सम्बोधन नगरिएको प्रदर्शनकारीहरुको गुनासो छ । उनीहरुले थारु–रानाथारु कलस्टरको समानुपातिक समावेशी सिद्धान्तको आधारमा न्यूनतम १८ प्रतिशत समावेशी सुनिश्चितता हुनेगरी ऐन बनाउनुपर्ने आवाज उठाएका छन् ।
त्यसैगरी महिलाको ३३ प्रतिशत आरक्षणमा थारु–रानाथारु महिलाको १८ प्रतिशत समावेशी सुनिश्चितता गरिनुपर्ने र स्थानीय पालिकालाई पदपूर्तिको क्लस्टर मानिएकोमा प्रदेशलाई क्लस्टर मानिनुपर्ने उनीहरुको माग छ ।
टिप्पणीहरू