काठमाडौंमा धमाधम फल्चा पुनःनिर्माण
काठमाडौं महानगरपालिका–८ स्थित दुई वटा फल्चाको पुनःनिर्माण सकिएको छ । महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक एवम् वडाध्यक्ष आशामान संगतले आज नवाली टोलमा रहेका ‘ग्वलःदे’ र ‘ध्वाखा छेँ ९नरसिंह०’ फल्चाको उद्घाटन गरेका हुन् ।
वि।सं। १९९० सालको भूकम्पपछि ‘ग्वलः दे’ फल्चा हराएको थियो । वडाध्यक्ष संगतका अनुसार घरको भित्तामा पाइएको शिलापत्र अध्ययन र २०५० सालतिर तयार पारिएको विवरण पुस्तिकाको फोटो हेरेर फल्चाको पुनःरुत्थान गरिएको हो । शिलापत्रमा फल्चाको निर्माण नेपाल संवत् ८२० र पुनःनिर्माण ८७३ मा भएको उल्लेख छ ।
फल्चा पुनःरुत्थानका लागि करिब १४ लाख ७६ हजार रुपैयाँ खर्च भएको छ । १४ फिट लम्बाइ र साढे ६ फिट चौडाइको फल्चा ९१ वर्ग फिट क्षेत्रफलको छ । २५ फिट लम्बाइ र १६ फिट चौडाइको नरसिंह फल्चा १९ औं शताब्दीमा बनाइएको अभिलेख छ । ठमेलमा बस्ने कमान नरसिंह कर्णेलले बनाएकाले त्यसको नाम नरसिंह रहेको हो ।
नेपाल भाषामा उक्त फल्चालाई ‘ध्वाखा छेँ’ भनिन्छ । हाल रावण पाटीको पुनःनिर्माणको काम शुरु भएको महानगरले जनाएको छ ।
टिप्पणीहरू