उपभोक्ताको गुनासो ‘क्युआर कोड’ मा
जिल्ला प्रशासन कार्यालय, कास्कीले उपभोक्ताको गुनासो सुन्न क्युआर कोर्ड सार्वजनिक गरेको छ ।
गृहसचिव एकनारायण अर्यालको प्रमुख आतिथ्य तथा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा आज आयोजित कार्यक्रममा क्युआर कोडको शुभारम्भ गरिएको छ ।
उपभोक्ताले ‘कस्टुमर राइट्स’ नामक अनलाइन प्रणालीबाट उपभोक्ता अधिकारविपरीत गतिविधिसम्बन्धी गुनासो, उजुरी वा सुझाव सोझै प्रशासनका बजार अनुगमन अधिकारीसमक्ष पठाउन सकिने जनाइएको छ ।
टिप्पणीहरू