पुल बनाउन माग गर्दै सामूहिक अनशन

पुल बनाउन माग गर्दै सामूहिक अनशन
सुन्नुहोस्

हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल निर्माणको माग गर्दै स्थानीयहरु सामूहिक आमरण अनशन बसेका छन् । 

उक्त पुल निर्माणका लागि पटक-पटक आन्दोलन गर्दै आएका स्थानीय आजदेखि जनकपुरमा आमरण अनशन बसेका हुन् । १३ वर्षदेखि निर्माणाधीन कमला पुल सञ्चालनमा नआउँदै २०७८ असार १७ गते आएको बाढीले भाँसिएको थियो । तीन वर्ष बितिसक्दासमेत पुल निर्माण हुन सकेको छैन् । 

पुल निर्माणको माग गर्दै मधेशबासीले यसअघि धेरै पटक आन्दोलन गरिसकेका छन् । गत साउन २७ गते उनीहरुले मोटरसाइकल र्यालीसहितको विरोध प्रदर्शन गरेका थिए । सो क्रममा सात दिने अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई बुझाइएको थियो । 

तैपनि सरकारले पुल निर्माणमा चासो नदेखाएपछि स्थानीय आजदेखि अनशनमा बसेका हुन् । पुल निर्माणको काम अगाडि नबढाएसम्म अनशन जारी रहने उनीहरुले बताएका छन् ।

टिप्पणीहरू