बीआरआईले बेइजिङ र बैंककलाई जोड्दै

बीआरआईले बेइजिङ र बैंककलाई जोड्दै
सुन्नुहोस्

चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको कारण राजधानी बेइजिङलगायत अन्य सहर र थाइल्याण्डको राजधानी बैंकक जोडिने सम्भावना बढेको छ । लाओसमा बन्न बाँकी केही किलोमीटर ट्याक खुलेपछि चीन र थाइल्याण्ड रेलमार्गमा जोडिने निश्चित रहेको एसिया टाइम्सले जनाएको छ ।

चीनको युन्नान प्रान्तबाट लाओससम्म द्रुत गतिको रेल सेवा सञ्चालनमा आइसकेको छ । यता दक्षिणको थाइल्याण्ड राजधानी बैंककबाट लाओसको सीमानासम्म रेलमार्ग पहिलेदेखि सुचारु थियो । दुई मुलुकबीच रहेको मेकङ नदीमा पुलसँगै रेलमार्ग बनेपछि रेलमा १२ घण्टामा सोझै राजधानी भियन्टाइन पुग्न सकिने भएको छ ।

तर राजधानी भियन्टाइनमा थाइल्याण्डबाट जाने रेलको अन्तिम स्टेसन खामसाभाथ हो । चिनियाँ रेलमार्गको अन्तिम स्टेसन भियन्टाइन त्यहाँबाट करिब १० किलोमीटर टाढाको राजधानी शहरको केन्द्रबाट बाहिर पर्छ । यसका लागि अहिले चीनबाट गएका र थाइल्याण्डबाट उता गएकाले लाओसको राजधानीमा झण्डै १० किलोमीटर ट्याक्सी वा बस प्रयोग गर्नुपर्ने अवस्था छ।

लाओसले ती दुई रेल स्टेशनलाई जोड्न काम थालिसकेको छ । सम्भवतः सन् २०२८ सम्ममा रेलमार्ग सम्पन्न भएपछि चीन र थाइल्याण्डबाट गएका यात्रु लाओस भएर सोझै अर्को देशमा आवतजावत गर्न सक्नेछन् । लाओससम्मको रेलमार्ग चीनको बीआरआई परियोजनामा निर्माण गरिएको हो ।

टिप्पणीहरू