विदेश जाने सुब्बादेखि उपसचिवसम्मको छनोट
परराष्ट्र मन्त्रालयले चार जना उपसचिव,१२ जना शाखा अधिकृत र १३ जना नायव सुब्बालाई विभिन्न मुलुकस्थित दूतावास र मिसनमा खटाएको छ । नेपाली दूतावास लण्डनमा डिसिएम विपिन दुवाडी, साउदी अरेबियाको जेद्दास्थित महावाणिज्य दूतावासमा मन्त्री आरजू राणाकी निजी सचिव श्रृजना अधिकारी,युएईको दुबईस्थित दूतावासमा रञ्जिता दाहाल र दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित दूतावासमा पासपोर्टका निर्देशक रमेशकुमार चर्मकारको सरुवा भएको छ ।
शाखा अधिकृतहरुमध्ये सार्क सचिवालय,काठमाडौंमा प्रतिज्ञा राई र भुवन पौडेल,न्यूयोर्कमा महेश्वरमणि त्रिपाठी,वासिङ्गटन डिसीस्थित नेपाली दूतावासमा जिना अधिकारी,लण्डनमा उद्धव न्यौपाने, जेनेभास्थित नेपाली नियोगमा ऋचा भट्टराई,नयाँ दिल्लीस्थित दूतावासमा उत्तम न्यौपानेलाई खटाइएको छ ।
त्यसैगरी स्पेनमा यज्ञ पौडेल,सिओलमा सुजन लामिछाने, चीनको छन्तुस्थित महावाणिज्य दूतावासमा कोमल बराल, मलेसियाको क्वालालम्पुरस्थित दूतावासमा जेनिम अधिकारी र रियादमा विश्वप्रसाद पनेरुको सरुवा भएको छ ।
मन्त्रालयले नायव सुब्बाहरुमध्ये सोना ठडराईलाई वासिङ्टन डिसी, तुल्सी कोइरालालाई न्यूयोर्क, लण्डनमा वीरकुमार राय र झुपलाल पुनलाई सरुवा गरेको छ । नयाँ दिल्लीस्थित दूतावासमा मनोज सिंह,कलकत्तास्थित महावाणिज्य दूतावासमा सुरेश रेग्मी,क्वालालम्पुर दूतावासमा यशोदा अधिकारी र एकता अवस्थी,कुवेतमा राजेन्द्रप्रसाद जोशी,साउदी अरबको रियादमा दिनेश शिवाकोटी,मस्कोमा केशवकुमार पन्थी,कोलम्बोमा अरेन्द्र महर्जन र पेरिसमा रामबोल आचार्यलाई खटाइएको छ ।
टिप्पणीहरू