संगीत संघमा प्रहरीको छापा, तस्करी धन्दा चलाएको आशंका
नेपाल संगीत उद्योग संघको कार्यालयमा प्रहरीले छापा मारेको छ । कलाकार भीसामा मानव तस्करी हुने गरेको सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले आज अनामनगरस्थित संघको कार्यालयमा छापा हानेको हो ।
ब्युरोका प्रवक्ता एसपी गौतम मिश्रले संघका पदाधिकारीको रोहबरमा केही कागजात र कम्प्युटर बरामद गरेको जानकारी दिए । उनले भने, ‘हामीले कार्यालयको लेटर प्याड, कप्युटर, सीपीयु र हार्ड डेस्क बरामद गरेका छौं ।’
संघले फर्जी कागजात बनाएर कलाकार भिसामा मानिसलाई विदेश पठाउने गरेको सूचना प्राप्त भएकाले अनुसन्धानका लागि केही कागजात पनि बरामद गरिएको उनले जानकारी दिए ।
‘नक्कली कागजात बनाएर कलाकार भिसामा मानिसलाई विदेश पठाउने गरेको सूचना प्राप्त भएको थियो । हामीले आइतबार नै त्यहाँ जाने तयारी गरेका थियौं । तर, सार्वजनिक बिदा परेकाले कार्यालय बन्द भएपछि आज गएका हौं,’ प्रवक्ता मिश्रले भने ।
टिप्पणीहरू