बलम्बुमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
काठमाडौंको बलम्बुमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ । चन्द्रागिरी नगरपालिका–१२ स्थित श्री बलम्बु माध्यमिक विद्यालय नजिकै फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।
तारले बाँधेर प्रेसर कुकुर राखेको पाइएपछि प्रहरीले सेनालाई खबर गरेको थियो । तत्कालै डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु निष्क्रिय पारेको सेनाका सूचना अधिकारी सहायक रथी गौरवकुमार केसीले बताए ।
उनका अनुसार उक्त वस्तु बम नभएको पाइएको छ । ‘कसैले साँच्चिकै बमजस्तो देखिनेगरी शंकास्पद वस्तु राखेको रहेछ । डिस्पोजल टोलीले गएर डिस्पोज गरेपछि पो त्यसमा केही नभएको पाइयो’,उनले भने ।
टिप्पणीहरू