पाटन दरबार क्षेत्रमा पार्किङ निषेध
ललितपुर महानगरपालिकाले पाटन दरबार स्क्वायर क्षेत्रसँग जोडिएका सडकखण्डमा पार्किङ निषेध गरेको छ ।
अव्यवस्थित पार्किङका कारण दरबार घुमफिरका लागि आउने पर्यटक र पैदलयात्रुलाई समस्या भएपछि महानगरले यस्तो कदम चालेको हो । योसँगै पुल्चोक–मंगलबजार–ग्वार्को सडकखण्ड र मंगलबजार–ईटी-लगनखेल सडकखण्डमा दुई पाङ्ग्रेसहित सबै सवारीसाधन पार्किङ गर्न पाइने छैन ।
‘यस महानगरपालिका क्षेत्रभित्र रहेको सम्पदा तथा संस्कृतिको धरोहर पाटन दरबार स्क्वायर क्षेत्रमा पर्यटक र पैदलयात्रुहरुको आवागमनमा सहजीकरणका लागि सो क्षेत्रसँग जोडिएका पुल्चोक–मंगलबजार–ग्वार्को सडकखण्ड र मंगलबार–ईटी लगनखेल सडकखण्डमा सवारीसाधन (दुई पाङ्ग्रे समेत) पार्किङ निषेध गरिएको जानकारी गराइन्छ,’ महानगरको सूचनामा उल्लेख छ ।
टिप्पणीहरू