अरिगांलको टोकाइबाट एकजना बिते, अर्काको अवस्था गम्भीर
बर्खाको समयलाई गाउँ घरमा अंरिगाल काढ्ने र पोल्ने सिजनको रुपमा लिइन्छ । सो क्रममा सावधानी नअपनाउँदा कतिपयको ज्यान पनि जाने गरेको छ ।
रुकुम पूर्वमा अंरिगालकै टोकाइबाट एक जना मृत्यु भएको छ । सो क्रममा एक जना गम्भीर घाइतेको उपचार भइरहेको छ । भूमे गाउँपालिका–९, चनवाङका २७ वर्षीया न्युटन घर्ती र २४ वर्षीया कमल रेउले हिजो साँझ अरिगांल पोल्न धौलापैरा जंगल गएका थिए ।
लापरावाहीको कारण उनीहरुमाथि नै अरिंगालले आक्रमण गर्यो । टोकाईबाट गम्भीर घाइते दुई जनामध्ये न्युटनको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।
अरिंगाल पोल्दा राँको र पुल्ठाको आवश्यकता पर्छ । त्यसैगरी माउ अरिंगाललाई नियालेर पोल्नुपर्छ । कारणवशः माउ अरिंगाल चाकाभन्दा बाहिर रहेको खण्डमा आफू सतर्क भएर बस्नुपर्छ । अन्यथा, माउलाई बचाउन अन्य अरिंगालहरुले जंगल नै घेरा हाल्ने गरेको पाइएको छ ।
टिप्पणीहरू