भोजपुरी गीतमा नाचगान गर्न अनुमति अनिवार्य

भोजपुरी गीतमा नाचगान गर्न अनुमति अनिवार्य

चाडबाडमा हुने सांस्कृतिक प्रस्तुतिमा अश्लिलता बढेपछि रौतहटमा अनुमतिबिना गीत गाउन र नाचगान गर्न रोक लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालयले आज विज्ञप्ति जारी गर्दै चाडपर्वमा नाचगानका कार्यक्रम गर्दा अनिवार्य प्रशासन वा सम्बन्धित निकायबाट अनुमति लिन भनेको हो । 

‘कुनै पनि किसिमको नाचगान हुने वा भीडभाडजस्ता कार्यक्रम गर्दा अनिवार्य रुपमा कार्यक्रम गर्ने आयोजक पक्षले कार्यक्रम सञ्चालन समिति गठन गरी के–कस्तो कार्यक्रम गर्ने ? कुनै समयमा गर्ने ? कुन स्थानमा गर्ने ? सहभागी संख्या कति हुने ? लगायतका विषयवस्तु खुलाई जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायबाट इजाजत लिई त्यस निकायबाट तोकिएअनुसार कार्यक्रम गर्ने गराउने,’ विज्ञप्तिमा उल्लेख छ । 

तोकिएकोभन्दा फरक किसिमको कार्यक्रम वा गतिविधि गरेको पाइएमा सोको जिम्मेवार आयोजक पक्ष नै हुने प्रहरीले जनाएको छ । 

केही समययता अनुमतिबिना विभिन्न चाडपर्वका नाममा दिन र रातको समयमा अश्लिलता झल्किने किसिमका भोजपुरी गीत गाउने, लवण्डा र आर्केस्टा नचाउने, मनोरञ्जनको नाममा जुवा खेल्ने खेलाउने क्रम बढेपछि रौतहट प्रहरीले यस्तो व्यवस्था गरेको हो ।
 

टिप्पणीहरू