नवीकरण नगर्ने कन्सल्टेन्सी सूचीबाट हट्ने

नवीकरण नगर्ने कन्सल्टेन्सी सूचीबाट हट्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा, पूर्वतयारी कक्षा तथा भाषा पढाउने संस्था नवीकरणका लागि भदौ २७ को समयसीमा तोकेको छ । 

आज सूचना जारी गर्दै मन्त्रालयले भदौ २७ गतेसम्म संस्था नवीकरण गरिसक्न भनेको हो । नवीकरणका लागि २०७५ साउन १४ गतेअगावै ‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ (प्रथम संशोधन, २०८१)’ बमोजिम इजाजत प्राप्त संस्थालाई भक्तपुरको सानोठिमीस्थित शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखामा निवेदन बुझाउन सूचित गराएको छ । 

‘शैक्षिक परामर्श सेवा, पूर्वतयारी कक्षा, भाषा शिक्षणसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त गरेका र यस मन्त्रालयको मिति २०८१ असार १६ गतेको सूचनाअनुसार निवेदन गर्न छुट भएका संस्थाहरुलाई आ.व.२०८१–८२ मा गरिने नवीकरणका लागि मिति २०८१ भदौ २७ गतेभित्र निर्देशिकाको अनुसूची २ बमोजिमको निवेदन र कागजातसहित सानोठिमीस्थित शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखामा बुझाउनु भई एप्लिकेशन सञ्चालनको लागि आफ्नो युजर आईडी प्राप्त गर्नुहुन सूचित गरिन्छ’,सूचनामा उल्लेख छ । 

तोकिएको समयमा नवीकरण नगराउने संस्थालाई अनुमतिप्राप्त संस्थाको सूचीबाट हटाइने मन्त्रालयले स्पष्ट पारेको छ ।

टिप्पणीहरू