पूराना प्रेस सामग्रीको जोहो गर्दै काउन्सिल
‘प्रेस संग्रहालय’का निम्ति प्रेस काउन्सिल नेपालले सञ्चारसम्बद्ध पूराना सामग्री संकलनमा सबैको साथ खोजेको छ । काउन्सिलले संग्रहालयमा संग्रहित गर्न सकिने सामग्रीका लागि सरोकारवालाहरुसँग औपचारिक रुपमा सहयोग मागेको छ ।
नेपाली प्रेस जगतको इतिहासलाई संरक्षण गर्ने उद्देश्यका साथ करिब तीन वर्षअघि काउन्सिलले प्रेस संग्रहालय स्थापना गरेको थियो । संग्रहालयमा ट्रेडल मेशिन, कटिङ मेशिन, केस नेपाली र अंगेजी, विभिन्न आकारका चिम्टा, स्टिक, रुलर, हेडिङ ब्लक, जिङ्क ब्लक, ग्याली, फ्रेम, साँचो, सेट, धागो, हाते टाइपराइटर, फ्याक्स मेसिन र पूराना कम्प्युटर मनिटर सङ्ग्रहित छन् ।
हालसम्मको अध्ययनअनुसार यसप्रकारको संग्रहालय विश्व प्रेसको इतिहासमा नै पहिलो र उदाहरणीय रहेको काउन्सिलको दाबी छ । यसको संरक्षण एंव सम्वर्द्धन र प्रचारप्रसारका लागि छुट्टै सबडोमेन वेबसाइट समेत सञ्चालित रहेको जनाइएको छ ।
टिप्पणीहरू