प्रहरीको ३० वर्षे सेवा अवधिमा अर्को गाँठो

प्रहरीको ३० वर्षे सेवा अवधिमा अर्को गाँठो

नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउन माग राख्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा अन्तरिम आदेश जारी भएको छ । 

आगामी भदौ १६ गते अवकाशमा जान लागेका प्रहरी अधिकृतहरूले दायर गरेको रिटमा आज सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले यस सम्बन्धी निर्णय कार्यान्वयन नगराउन आदेश गरेको छ । 

सर्वोच्चले अदालतबाट यसअघि भएका भएका बृहत पूर्ण इजलासका निर्देशनात्मक आदेशहरू किन कार्यान्वयन नभएको हो र यस सम्बन्धमा संविधानको धारा १२८ (४) बमोजिम कारबाही किन चलाउनु नपर्ने हो भन्ने सम्बन्धमा विपक्षीहरुसँग १५ दिनभित्र छुट्टाछुट्टै जवाफ पनि मागेको छ । 

त्यस्तै मुद्दालाई अग्राधिकार प्रदान गर्दै अदालतले असोज १० गते पूर्ण इजलासमापेश गर्न पनि आदेश दिएको छ ।

टिप्पणीहरू