सेनामा २८० जनालाई जागिरको अवसर
नेपाली सेनाले सहायक सेनानी र उपसेनानी दर्जामा भर्ना खुलाएको छ ।
सेनाले आज सूचना सार्वजनिक गर्दै २८० अधिकृतका लागि भर्ना मागेको हो । सेनाको भर्ना छनौट निर्देशनालयले खुला तथा समावेशी सिद्धान्तका आधारमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ ।
जसमा खुलातर्फ १४७, महिला २४, आदिवासी जनजाति ३८, मधेशी ३३, दलित १८ र पिछडिएको क्षेत्रबाट ६ जनाको माग छ । त्यस्तै, सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ सिट छुट्याइएको छ ।
सूचनामा योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आजदेखि आगामी असोज ५ गतेसम्म दरखास्त दिन भनिएको छ । दोब्बर दस्तुर तिरेर असोज १२ गतेसम्म दरखास्त दिन सकिनेछ ।
टिप्पणीहरू