शेख हसिनाको कूटनीतिक राहदानी रद्दपछि भारतलाई अप्ठेरो
बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी रद्द गरेको छ । संयुक्त राष्ट्रसंघको टोली त्यहाँ भएको मानव अधिकार उल्लंघनको अनुसन्धान गर्न ढाका पुगेपछि उनको राहदानी रद्द गरिएको छ ।
विद्यार्थी आन्दोलन चर्केपछि उनी सत्ता छाडेर भारत भागेकी हुन् । उनको डेढ दशक लामो शासनमा सबैभन्दा धेरै गत महिनाको आन्दोलनमा मात्रै झण्डै पाँच सयको मृत्यु भएको हो ।
त्यहाँको गृह मन्त्रालयले हसिनासँगै उनको सरकारका पूर्वमन्त्री तथा पूर्वसांसदहरुको राहदानी रद्द गर्नुपर्ने जनाएको छ । राहदानी रद्दपछि नयाँ दिल्लीमा शरण लिएकाले भारत सरकार पनि अप्ठेरोमा परेको छ ।
यअसघि प्रधानमन्त्री नरेन्द्र मोदीले बंलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसलाई समर्थन गरेका थिए ।
टिप्पणीहरू