पुरस्कारका लागि उत्कृष्ट क्याम्पस छनौट हुँदै

पुरस्कारका लागि उत्कृष्ट क्याम्पस छनौट हुँदै

विश्वविद्यालय अनुदान आयोगले राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रदान गर्ने विभिन्न पुरस्कारका लागि उत्कृष्ट क्याम्पस छनौट प्रक्रिया अघि बढाएको छ । 

आयोगले आज सूचना जारी गर्दै विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालनमा रहेका आंगिक क्याम्पससहित सामुदायिक र निजी कलेजसँग पनि आवेदन मागेको छ । 

‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७’ बमोजिम उत्कृष्ट क्याम्पसलाई पुरस्कृष्ट गरिने आयोगले जनाएको छ । 

तोकिएको प्रक्रिया, मापदण्ड र ढाँचामा भद्रौ १६ गतेभित्र आवेदन आह्वान गरिएको । आगामी असोज २ गते राष्ट्रिय शिक्षा दिवसको अवसरमा उत्कृष्ट तीन क्याम्पसलाई पुरस्कृत गर्न लागिएको हो ।

टिप्पणीहरू