‘सबै कर्मचारी एकजुट हौँ’ भन्दै एमाले कर्मचारी तीजको रमझममा
हरितालिका तीज आउन दुई साता बाँकी छँदै सत्तारुढ एमाले सम्बद्ध कर्मचारी संगठनले तीज विशेष कार्यक्रम गरेको छ । तीजको अवसरमा उनीहरुले आज बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा शुभकामना आदान–प्रदान एवम् सम्मान कार्यक्रम आयोजना गरेका हुन् ।
‘सम्पूर्ण निजामती कर्मचारीहरु एकजुट होऔं’ भन्ने नारासहित आयोजित कार्यक्रममा ‘संघीयतामा सुशासन, समाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकारसहितको ट्रेड युनियन हाम्रो अभियान’ भनिएको छ ।
पूर्वमन्त्री तथा एमाले सचिव पद्मा अर्याल प्रमुख अतिथि रहेको तीज कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन महिला विभाग अध्यक्ष विजयलक्ष्मी सुवेदीसहित साढे तीन सय कर्मचारी सामेल रहेको बताइएको छ ।
टिप्पणीहरू