कमला नदीमा नयाँ पुल निर्माणको उधारो आश्वासन
हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल निर्माणको माग गर्दै सामूहिक आमरण अनसनमा बसेका स्थानीय र मधेश प्रदेश सरकारबीच चार बुँदे सहमति भएको छ । सहमतिसँगै स्थानीयको आन्दोलन स्थगित भएको बताइएको छ ।
कमला नदीमा नयाँ पुल निर्माण गर्ने, त्यसका लागि आवश्यक बजेट आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटमा राख्न संघीय सरकारलाई पहल गर्ने र नभएमा प्रदेश सरकारको स्रोतबाटै व्यहोर्ने, आगामी मंसिर १ गतेभित्र पुल निर्माणको डिपिआर तयारीका लागि आह्वान गरिने सहमति भएको छ ।
कमला पुल निर्माणको माग गर्दै स्थानीयले यसअघि धेरै पटक आन्दोलन गरिसकेका छन् । साउन २७ गते उनीहरुले मोटरसाइकल र्यालीसहितको विरोध प्रदर्शन गरेका थिए ।
सो क्रममा सात दिने अल्टिमेटमसहित ध्यानाकर्षण पत्र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई बुझाइएको थियो । तरपनि सरकारले पुल निर्माणमा चासो नदेखाएपछि गत शुक्रबारदेखि आमरण अनशन थालिएको हो ।
टिप्पणीहरू