भारतीय राज्यमन्त्री बस दुर्घटनाका घाइतेलाई भेट्दै, मृतकका शव लैजाँदै
तनहुँको आँबुखैरेनीमा हिजो भएको बस दुर्घटनाका घाइतेलाई भेट्न र मृतकको शव भारत लैजान भारतीय युवा तथा खेलकुद राज्यमन्त्री काठमाडौँ आइपुगेकी छन् । राज्यमन्त्री रक्षा निखिल खड्से आज बिहान साढे १० बजे काठमाडौं आइपुगेकी हुन् ।
दुर्घटनामा २७ जना भारतीय पर्यटकले ज्यान गुमाएका छन् भने घाइते १६ जनाको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चितवनको भरतपुर अस्पतालमा मृतकमध्ये आठ जनाको पोष्टमार्टम भइसकेको छ ।
मन्त्री खड्सेलाई भारत सरकारले दुर्घटनाका घाइतेहरूलाई भेट्न र मृतकको शव भारत लैजान सरकारले यता पठाएको हो । टोलीमा मन्त्रीका निजी सचिव अतुल राजाराम महाजन र उपसचिव सुधांशुु कुमार पाण्डे छन् ।
टिप्पणीहरू