घाइतेलाई भेटेपछि भारतीय राज्यमन्त्री सिंहदरबारमा
तनहुँको आँबुखैरेनीमा हिजो भएको बस दुर्घटनाका घाइतेलाई अस्पतालमा भेटेपछि भारतीय युवा तथा खेलकुद राज्यमन्त्री सिंहदरबार पुगेकी छन् । राज्यमन्त्री रक्षा निखिल खड्से गृहमन्त्री रमेश लेखकसँग भेटवार्ताका लागि १ बजे गृह मन्त्रालय पुगेका हुन् ।
उनी आज बिहान साढे १० बजे काठमाडौं आएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल पुगेर उपचाररत घाइतेसँग भेटेकी हुन् । मृतकको चितवनस्थित भरतपुर अस्पतालमा पोष्टमार्टम भइरहेको छ ।
मन्त्री खड्सेलाई भारत सरकारले दुर्घटनाका घाइतेहरूलाई भेट्न र मृतकको शव भारत लैजान सरकारले यता पठाएको हो । टोलीमा मन्त्रीका निजी सचिव अतुल राजाराम महाजन र उपसचिव सुधांशुु कुमार पाण्डे छन् ।
भारतीय राज्यमन्त्रीको टोलीसँगको भेटमा सचिव एक नारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँवर, भारतीय राजदूत नवीन श्रीवास्तवलगायत उपस्थित छन् ।
टिप्पणीहरू