हिजाे बितेका भारतीयको शव मुम्बई लैजान राज्यमन्त्रीको टोली भरतपुरमा
तनहुँको आँबुखैरेनीमा हिजो भएको बस दुर्घटनाका घाइतेलाई काठमाडौंमा भेटेपछि भारतीय युवा तथा खेलकुद राज्यमन्त्री भरतपुर पुगेकी छन् । बिहान १० बजे काठमाडौं आइपुगेकी राज्यमन्त्री रक्षा निखिल खड्सेले यसअघि गृहमन्त्री रमेश लेखकसँग गृह मन्त्रालयमा भेटवार्ता गरेकी थिइन् ।
उनले बिहान महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल पुगेर उपचाररत घाइतेहरुसँग भेटेकी हुन् । दुर्घटनामा मृतक २७ जनाको चितवनस्थित भरतपुर अस्पतालमा पोष्टमार्टम भइरहेको छ ।
मन्त्री खड्सेलाई भारत सरकारले दुर्घटनाका घाइतेहरूलाई भेट्न र मृतकको शव भारत लैजान यता पठाएको हो । टोलीमा मन्त्रीका निजी सचिव अतुल राजाराम महाजन र उपसचिव सुधांशुु कुमार पाण्डे छन् । काठमाडौंबाट बुद्ध एअरको उडान नम्बर बीएचए ३७५ मा पौने ३ बजे भरतपुर गएको टोलीमा राज्यमन्त्रीसँगै महाराष्ट्र राज्यसभा सदस्य सञ्जय सभकरे, भारतीय राजदूत नवीन श्रीवास्तव र भारतीय दूतावासका सैन्य सहचारी नवीन जानु रहेको बताइएको छ ।
टिप्पणीहरू