नेपाललगायत धेरै मुलुकलाई निःशुल्क भिसा दिने पाकिस्तानी निर्णय

नेपाललगायत धेरै मुलुकलाई निःशुल्क भिसा दिने पाकिस्तानी निर्णय

पाकिस्तान सरकारले नेपाललगायत विश्वका एक सय २६ मुलुुकलाई भिसा निःशुल्क दिने निर्णय गरेको छ । साथै, २४ घण्टाभित्र इ–भिसा उपलब्ध गराइने बताएको छ ।

नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच. हास्मीले सामाजिक सञ्जालमार्फत् गराएको जानकारीमा पाकिस्तानले भिसा नीतिमा आवश्यक लचकता अपनाउँदै अनलाइन भिसा पोर्टल प्रारम्भ गरेको उल्लेख छ । अबदेखि पाकिस्तानले नेपाललगायत विश्वका एक सय २६ मुलुकका नागरिकलाई तत्काल निःशुल्क भिसा उपलब्ध गराउने भएको हो । 

पाकिस्तानले पर्यटनलाई टेवा दिन पछिल्लो निर्णय गरेको बताइएको छ । पर्यटक र व्यवसायीहरुले अनलाइन मार्फत् आवेदन गरेमा २४ घण्टाभित्र निःशुल्क भिसा पाउने जनाइएको छ ।

टिप्पणीहरू