‘स्टार्टअप’ उद्यम कर्जाका लागि प्रस्ताव माग
‘स्टार्टअप’ उद्यम कर्जाका लागि परियोजना प्रस्ताव मागिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आज एक सूचना जारी गर्दै इच्छुक उद्यमीलाई प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।
स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ बमोजिम योग्यता पुगेका उद्यमीले आगामी २१ दिनभित्र प्रस्ताव पेश गर्न सकिने सूचनामा उल्लेख छ ।
‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ को दफा ४ बमोजिम योग्यता पूरा गरेका अनुसूची–१ बमोजिमको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीहरुले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र कार्यविधिको अनुसूची–३ बमोजिमको ढाँचामा परियोजना प्रस्ताव पेश गर्नुहुन सूचित गराइन्छ’, सूचनामा भनिएको छ ।
टिप्पणीहरू