कार्यकाल पूरा गरेर फर्केको भोलिपल्ट नयाँ राजदूतको आगमन

कार्यकाल पूरा गरेर फर्केको भोलिपल्ट नयाँ राजदूतको आगमन

नेपालका लागि नवनियुक्त राजदूत लिन जोन्सन काठमाडौं आइपुग्नुभएको छ । उहाँ मलेसियन एअरलाइन्सको उडान नम्बर एमएच १७० मा सिड्नीबाट क्वालालम्पुर हुँदै बिहान पौने १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनुभएको बताइएको छ।

विमानस्थलमा राजदूतको स्वागत दूतावासका प्रथम सचिव आइदान बोरेहामले गरेका हुन् ।यसअघि कार्यकाल सकाएर राजदूत फेलिसिटी जेन भोल्क हिजो स्वदेश फर्कनुभएको थियो । उहाँ थाइ एअरवेजको उडान नम्बर टिजी ३२० मा काठमाडौंबाट दिउँसो पौने २ बजे बैंकक हुँदै स्वदेश जानुभएको हो । 

लिन जोन्सनलाई अष्ट्रेलिया सरकाले गत जुलाईमा राजदूतमा नियुक्त गरेको हो । त्यहाँको विदेश मन्त्रालयको सेवामा कार्यरत उहाँ यसअघि नाइजेरियाको राजधानी अबुजास्थित अष्ट्रेलियाली उच्चायुक्तको कार्यालयमा कायम मुकायम उच्चायुक्त हुनुहुन्थ्यो । त्यसअघि फिजी, फ्रान्स, स्पेन, अफगानिस्तान, केन्या, स्वेडेन, जर्मनी, टर्की र न्युजिल्याण्डस्थित दूतावास र उच्चायुक्तको कार्यालयमा काम गरेको अनुभव पनि छ ।

टिप्पणीहरू