राजदूतहरुको संसदीय सुनुवाइका लागि आठ वटा बैठक तय

राजदूतहरुको संसदीय सुनुवाइका लागि आठ वटा बैठक तय

सरकारले विभिन्न देशका लागि प्रस्तात गरेका राजदूतहरूको संसदीय सुनुवाइ आगामी शुक्रबारदेखि हुने भएको छ । संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले प्रस्तावित १७ राजदूतहरूमाथि परेको उजुरीसहितको सुनुवाइ शुक्रबारदेखि थालेर आठ वटा बैठकमा पूरा गरिने निर्णय गरेको छ ।

समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले सुनुवाइ भदौ १४, १६, १७, १८, १९, २०, २४ र २५ गते हुने जानकारी दिएकी छन् । जम्मा नौ वटा उजुरी परेकाले तोकिएको दिनभित्र सुनुवाई सकिने समितिको विश्वास छ ।

टिप्पणीहरू