ओमानी विदेशमन्त्री साँझ स्वदेश फिर्ता
ओमानी विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी स्वदेश फर्कनुभएको छ ।
नेपालको दुईदिने भ्रमण सकेर उहाँ आज साँझ रोयल फ्लाइट अफ ओमानको उडानबाट ओमान प्रस्थान गर्नुभएको हो । स्वदेश फर्कनुअघि अल्बुसैदीले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायत उच्च सरकारी अधिकारीसँग भेटवार्ता गर्नुभयो ।
परराष्ट्र मन्त्री डा. आरजू राणा देउवा र ओमानी विदेशमन्त्री बीच दुई पक्षीय भेटवार्ता भएको थियो । काठमाडौँको होटल सोल्टीमा भएको वार्तामा दुई देशबीच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलाका सम्बन्धमा कुराकानी भएको बताइएको छ ।
त्यस्तै, विदेशमन्त्री अल्बुसैदीले राष्ट्रपति पौडेलसँग शीतल निवाशमा शिष्टाचार भेट गर्नुभयो भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारमा भेटवार्ता भएको थियो । दुबै भेटमा द्दिपक्षीय हित र चासोका विषयमा कुराकारी भएको जनाइएको छ ।
समकक्षी डा. राणाको निमन्त्रणामा हिजो काठमाडौँ आइपुग्नुभएका उहाँले भ्रमणका दौरान अन्य सरकारी अधिकारीसँग पनि भेटवार्ता गर्नुभएको थियो ।
टिप्पणीहरू