रथयात्राको अवलोकनपछि राष्ट्रपति पूजाआजा र राजनीतिक भेटघाटमा व्यस्त
राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक श्री ७ रणउजीरेश्वरी भगवतीको २०५ औं रथयात्राको अवलोकन गर्नुभएको छ । राष्ट्रप्रमुखले प्रथमपटक अवलोकन गरेको सो जात्रामा उहाँकी श्रीमती सबिता पौडेल पनि उपस्थित हुनुभएको बताइएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उहाँहरुलाई स्वागत गर्नुभएको थियो । रथयात्राको अवलोकनपछि राष्ट्रपति पौडेलले भगवती मन्दिरमा पूजा–आराधना गर्नुभयो ।
उहाँले द फेमस महिन्द्र दल गणको निरीक्षण गर्नुका साथै पाल्पाका जनप्रतिनिधिसँग भेटवार्ता गर्नुभएको बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र रक्षामन्त्री मानवीर राई पनि राष्ट्रपतिसँगै पाल्पा पुग्नुभएको थियो । नेपाल–अंग्रेज युद्धमा कर्णेल उजीरसिंह थापाले नुवाकोट (पाल्पा) जितगढी किल्ला विजयी गरेको सम्झनामा भगवतीको रथयात्रा निकाल्ने चलन छ ।
तस्बिरहरु
टिप्पणीहरू