राष्ट्रिय परिचयपत्र लैजान सिडिओ कार्यालयको आग्रह

राष्ट्रिय परिचयपत्र लैजान सिडिओ कार्यालयको आग्रह

जिल्ला प्रशासन कार्यालय, कास्कीले राष्ट्रिय परिचयपत्र लिन आउन आग्रह गरेको छ । प्रशासनले पटकपटक मोबाइलमा सन्देश पठाउँदा पनि अधिकांश सेवाग्राही परिचयपत्र लिन नआएकोमा गुनासो गर्दै पुनः आग्रह गरेको छ । 

‘कार्यालयमा प्राप्त राष्ट्रिय परिचयपत्रहरु वितरण गर्ने प्रयोजनका लागि सर्वसाधारणहरुले विवरण दर्ता गर्दाको बखत प्रविष्टि गर्नुभएको मोबाइल नम्बरमा यस कार्यालयबाट राष्ट्रिय परिचयपत्र लिन आउनुहुन अनुरोध गरी सन्देश पठाइसकिएको छ भने सार्वजनिक सूचना समेत जारी गरी सकिएको छ । तथापि, कतिपय सेवाग्राहीले आफ्नो मोबाइलमा सन्देश प्राप्त गरेर पनि राष्ट्रिय परिचयपत्र लिन यस कार्यालयमा नआउनुभएको...’, आज जारी सूचनामा उल्लेख छ । 

प्रशासनले नागरिकताको प्रमाणपत्र र विवरण बुझाएर फोटो खिचेपछि प्राप्त निस्सासहित भौतिक रुपमा उपस्थित हुन सूचित गराएको छ ।

टिप्पणीहरू