बेइजिङ पुगे अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान चीनको राजधानी बेइजिङ पुगेका छन् । दुई महाशक्ति राष्ट्रबीच बढेको पछिल्लो तनाव कम गर्ने उद्देश्यले उनी तीन दिने चीन भ्रमणमा पुगेको बताइएको छ ।
भ्रमणको क्रममा उनले चिनियाँ विदेशमन्त्री वाङ यीलगायत अन्य उच्चपदस्थ चिनियाँ अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सुलिभानले चिनियाँ कम्युनिष्ट पार्टी–सीपीसीका राजनीतिक ब्यूरो प्रमुखसँग समेत छलफल गर्दैछन् ।
विमानस्थलमा उनलाई चिनियाँ विदेश मन्त्रालय, उत्तर अमेरिकी विभागका निर्देशक याङ ताओ र चीनका लागि अमेरिकी राजदूत निकोलस बन्र्सले बेइजिङ विमानस्थलमा स्वागत गरेका थिए । सन् २०१६ यता अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले गरेको यो नै पहिलो चीन भ्रमण हो ।
टिप्पणीहरू