नेपाली युवतीलाई अमेरिकीले बेडमै गोली हानेको आशंका

नेपाली युवतीलाई अमेरिकीले बेडमै गोली हानेको आशंका
सुन्नुहोस्

अमेरिकाको टेक्सस राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा मारिएकी नेपाली युवती मुना पाण्डेलाई उनको बेडमा नै गोली हानिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । मृत अवस्थामा सोमबार बिहान फेला परेकी पाण्डेलाई हत्यारा उनको कोठाभित्रै पसेर गोली हानेका धेरै प्रमाणले पुष्टि गरेको बताइएको छ ।

वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको उनको अपार्टमेण्टभित्र मुनाले राखेको पर्सनल सर्भिलेन्स क्यामेराका भिडियो फुटेजका आधारमा प्रहरीले उक्त दाबी गरेको त्यहाँको नेपाली समुदायले जनाएको छ । उनको शरीरमा तीन वटा गोली प्रहार गरिएको पाइएको छ ।

अमेरिकी युवकसँग प्रेम सम्बन्धमा रहेकी मुनाको कोठाभित्र पुरूषले प्रयोग गर्ने फिटनेसका सामानसमेत भेटिएको छ । यसबाट उनी कुनै पुरुषसँग लिभिङ टुगेदरमा रहेको प्रहरीको अनुमान छ । शव गन्हाइसकेको र बेडमा लागेका रगत सुकिसकेकाले उनको हत्या दुई दिनअघि भएको प्रहरीको आशंका छ । प्रहरी अनुसन्धान मृतकको ब्वाइफ्रेण्डतर्फ लक्षित रहेको त्यहाँका नेपालीहरुले बताए । 

भोजपुरकी २१ वषीया मुना अध्ययनको सिलसिलामा सन् २०२१ मा अमेरिका गएकी हुन् । नेपालमा उनकी आमा मात्रै रहेको बताइन्छ ।

टिप्पणीहरू