डेढ दर्जन स्कुल बस ट्राफिक कारबाहीमा

डेढ दर्जन स्कुल बस ट्राफिक कारबाहीमा
सुन्नुहोस्

कास्कीमा सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने डेढ दर्जन स्कुल बस कारबाहीमा परेका छन् । पोखरा महानगरपालिकाअन्तर्गत सञ्चालित विभिन्न निजी तथा सामुदायिक विद्यालयका १७ वटा बस कारबाहीमा परेका हुन् । 

हिजो जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालयबाट खटिएको संयुक्त टोलीले स्कुल बसहरुको चेकजाँच गरेको थियो । सो क्रममा विभिन्न विद्यालयका दुई सय २३ वटा स्कुल बस चेकजाँच गर्दा सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेका १७ वटा बसलाई कारबाही गरिएको कार्यालयले जनाएको छ । 

ती बसलाई ट्राफिक नियमअनुसार कारबाही गरिएको र चालकलाई नियम उल्लंघन नगर्न सुम्झाइबुझाई गरेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू