अशोक सिग्देल प्रधानसेनापतिमा नियुक्त, कार्यभार दुई सातापछि
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधान सेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई नियुक्त गर्नुभएको छ । सेनाको परमाधिपति रहनुभएका राष्ट्रपति पौडेलले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका सिग्देललाई नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गर्नुभएको जनाइएको छ ।
ब्याच नम्बर १६१४ बलाधिकृत रथी सिग्देलले नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएको छ । उहाँको कार्यकाल २०८१ भदौ २४ बाट लागू हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल भदौ २४ गतेदेखि पूरा हुँदैछ । अवकासको एक महिना अघिदेखि बिदामा बस्ने प्रचलन भएकाले सिग्देललाई साउन २४ गतेदेखि कायममुकायमको जिम्मेवारी दिइएको हो ।
टिप्पणीहरू