कुलमान घिसिङको पक्षमा दिनहुँ एकल प्रदर्शन
काठमाडौंको माइतीघरमा भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचारीलाई कारबाहीलगायत विभिन्न माग राख्दै प्रदर्शन गरिएको छ । एक युवाले उक्त माग दोहोर्याउँदै आज पनि एकल प्रदर्शन गरेका हुन् ।
हाल स्वयम्भू बस्ने र आफूलाई त्रिचन्द्र क्याम्पसको विद्यार्थी बताउने काभ्रेपलाञ्चोकका विमल लामाले केही दिनदेखि एकल प्रदर्शन गर्दै आएका छन् । उनी मण्डलाको विस्तारित सडक खण्डमा प्लेकार्ड समातेर एक्लै उभिने गर्छन् ।
प्लेकार्डमा ‘कालो बजार बन्द गर’, ‘संविधानमा कायम रहेको सामावेशी बन्द गर’, ‘कुलमान घिसिङलाई हटाउन पाईंदैन’, ‘युवाहरुलाई रोजगार दे’, ‘स्वदेशी उत्पादनलाई प्राथमिकता दे’, ’भ्रष्टचारीलाई कारबाही गर’, लेखिएको छ ।
टिप्पणीहरू