रानीपोखरीमा मर्निङ वाकको तयारी, रात परेपछि माहौल रंगीन
काठमाडौं महानगरपालिकाले बिहानको समयमा रानीपोखरी खुल्ला गर्ने भएको छ । बिहान मर्निङ वाकमा निस्कनेलाई लक्षित गर्दै पोखरी खुल्ला गर्न लागिएको बताइएो छ ।
रङ्गरोगन र मर्मत कार्य सकिएपछि बिहानीको समयमा रानीपोखरी खुल्ला गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताए ।
पोखरीको निरीक्षण गरेपछि उनले भने, ‘महानगरले बिहानको समयमा रानीपोखरी खुल्ला गर्ने तयारी गरिरहेको छ । रङ्ग लगाउने र मर्मतको काम सकिएपछि खोल्छौं ।’
उनले रात्रिकालीन प्रकाशको व्यवस्थापन गरेर पोखरीलाई साँझको समयमा सुन्दर देखाउने सोच रहेको पनि उल्लेख गरे ।
टिप्पणीहरू