भारतीय उत्तर प्रदेशमन्त्री सपरिवार काठमाडौंमा, प्रहरीको विशेष सुरक्षा

भारतीय उत्तर प्रदेशमन्त्री सपरिवार काठमाडौंमा, प्रहरीको विशेष सुरक्षा
सुन्नुहोस्

भारतीय उत्तर प्रदेश सरकारका औद्योगिक विकास, निर्यात प्रोत्साहन, एनआरआई तथा लगानी प्रोत्साहनमन्त्री काठमाडौं आएका छन् । परिवारसहित दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका मन्त्री नन्दगोपाल गुप्ता ‘नन्दी’ लाई नेपाल प्रहरीले विशेष सुरक्षासहित एस्कर्टिङ उपलब्ध गराएको छ ।

प्रहरी प्रधान कार्यालय कार्य विभागले हिजो सम्बन्धित कार्यालय,विभाग र युनिटलाई जारी गरेको सर्कुलरमा आज दिउँसो एअर इण्डियाको उडानमा आइपुगेपछि पाहुनालाई भोलि बिहान ११ बजेसम्म उक्त सुरक्षा प्रदान गर्न निर्देशन दिइएको छ । वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले लेखेको पत्रानुसार सहायक निरीक्षक विकास सिलवाललाई व्यक्तिगत सुरक्षा अधिकृतको रुपमा खटाइएको छ । 

पशुपति दर्शनका लागि आएका अतिथिलाई आवागमन मार्ग, कार्यक्रमस्थल,भ्रमणस्थलमा आउजाउ गर्दा एस्कर्टिङ र आवासमा पनि आवश्यक सुरक्षा प्रदान गर्न हेडक्वार्टरको निर्देशन छ ।

भारतीय प्रदेशमन्त्री भोलि बिहान १० बजे एअर इण्डियाको उडानमा नयाँ दिल्ली फर्कने कार्यक्रम रहेको बुझिएको छ ।

टिप्पणीहरू