ठमेल नजिकैका स्थानीयले गरे एकाबिहानै विरोध प्रदर्शन

ठमेल नजिकैका स्थानीयले गरे एकाबिहानै विरोध प्रदर्शन
सुन्नुहोस्

आज बिहान ठमेल नजिकैका स्थानीयले विरोध प्रदर्शन गरेका छन् । ठमेलबाट बालाजुतर्फ जाने नयाँ बजारको मूल सडकमा परेको खाल्डाखुल्डीले सडक दुर्घटनाको जोखिम बढाएको भन्दै झण्डै चार दर्जन स्थानीयले प्लेकार्ड बोकेका हुन् ।

नयाँ बजारको शाखः ब्यांक्वेट अगाडि पौने ९ बजेदेखि शुरु भएको विरोध प्रदर्शन १५ मीनेट भएको बताइन्छ । उनीहरुले तत्काल मर्मतको माग गर्दै विभिन्न नारा लेखिएका प्लेकार्ड देखाएका थिए । 

जयप्रकाश श्रेष्ठको नेतृत्वमा भएको प्रदर्शनमा ‘भत्केको सडक दुर्घटनाको पासो, संघ र प्रदेश सरकारले देखाएन चासो’,   ‘खानेपानी चुहावट समस्याको समाधान गर,’ ‘दुर्घटनापूर्ण सडक दुर्घटनाको जोखिम टार’ लेखिएको प्लेकार्ड देखाइएको थियो ।

टिप्पणीहरू