त्यसपछि कोशीका मुख्यमन्त्रीको मन पग्लियो

त्यसपछि कोशीका मुख्यमन्त्रीको मन पग्लियो
सुन्नुहोस्

‘हेर्ने कथा’ को पछिल्लो श्रृंङ्खलाबाट चर्चामा आएका भोजपुरका प्रकाश तामाङ्गको दुःखको कथा हेरेपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको मन पग्लिएको छ । प्रदेश सरकारले उनलाई कृषि पेशा गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 

आफ्नो प्रदेशको नागरिकको पीडा हेरेर आफू मर्माहित भएको उल्लेख गर्दै उनले प्रकाशलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए । उनले भने,‘संघीय सरकारबाट उनलाई नागरिकता दिन पहल भइरहेको छ । नागरिकता प्राप्त गर्नेबित्तिकै प्रदेश सरकारले उनलाई पशुपालन वा कृषि पेशा गर्न सहयोग गर्नेछ । शैक्षिक योग्यता भएको भए सरकारी जागिर दिन सकिन्थ्यो । तर, पढाइ नभएकाले उनको सीपअनुसारको उद्यम गर्न सहयोग गर्ने प्रदेश सरकारको योजना छ ।’

‘हेर्ने कथा’ टिमले प्रकाशलाई गोरखाको चुमभ्यालीमा फेला पारेको थियो । टिमले उनको परिवार पत्ता लगाएर ३५ वर्षपछि पुनःर्मिलन गराइदिएको छ । सानो उमेरमा गलैँचा उद्योगमा काम गर्न काठमाडौं आएका उनलाई एकजना शेर्पाले गोठालो बनाउन चुमभ्याली लगेका थिए ।

टिप्पणीहरू