रिक्त स्थानीय तहका जनप्रतिनिधिको विवरण माग

रिक्त स्थानीय तहका जनप्रतिनिधिको विवरण माग
सुन्नुहोस्

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त जनप्रतिनिधिको विवरण मागेको छ । 

देशैभरका जिल्ला समन्वय समितिलाई पत्र पठाउँदै मन्त्रालयले सो सम्बन्धी विवरण उपलब्ध गराउन भनेको हो ।  जसअनुसार समन्वय समिति प्रमुख/उपप्रमुख, नगरपालिका प्रमुख/उपप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै विभिन्न कारणले रिक्त भएका पदको भदौ १६ गतेभित्र विवरण पठाउन भनिएको छ । 

स्थानीय तहमा रिक्त पदहरुमा निर्वाचन आयोगले उपनिर्वाचनको तयारी गरिरहेको छ । आयोगले गत भदौ ५ गते मन्त्रालयलाई पत्र पठाउँदै उपनिर्वाचन गर्नुपर्ने स्थानीय तहको विवरण मागेको थियो । 

सोहीबमोजिम मन्त्रालयले २०७९ मा निर्वाचित पदाधिकारीको नाम, रिक्त भएको मिति, रिक्त हुनुको कारणलगायतको विवरण पठाउन भनेको हो ।
 

टिप्पणीहरू