डाक्टरको लाइसेन्स परीक्षा दशैँअघि
नेपाल मेडिकल काउन्सिलको ७० औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) असोजमा हुने भएको छ ।
असोज १३ गतेदेखि १५ गतेसम्म परीक्षा सञ्चालन गरिने काउन्सिलले जानकारी दिएको हो । परीक्षामा सहभागी हुन चाहनेलाई आजदेखि असोज २ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न आह्वान गरिएको छ ।
त्यस्तै, असोज ४ गतेसम्म बिलम्ब शुल्कसहित फाराम बुझाउन सकिने काउन्सिलले जनाएको छ ।
काउन्सिलको वेबसाइटमा दिइएको निर्देशनबमोजिम अनलाइन फाराम भर्नुपर्नेछ । परीक्षा ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा सञ्चालन हुने काउन्सिलले जानकारी गराएको छ ।
टिप्पणीहरू