राष्ट्रपतिद्वारा टिआरसी विधेयकमा लालमोहर

राष्ट्रपतिद्वारा टिआरसी विधेयकमा लालमोहर

राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गर्नुभएको छ । 

आफूसमक्ष प्रमाणीकरणका लागि आएको उक्त विधेयकलाई राष्ट्रपतिले आज लालमोहर लगाउनुभएको हो । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई सो विधेयक राष्ट्रपतिसमक्ष पेस भएको थियो ।
 

टिप्पणीहरू