घर हिँडेका प्रकाशकाे हातमा थमाइयो २० हजार

घर हिँडेका प्रकाशकाे हातमा थमाइयो २० हजार
सुन्नुहोस्

‘हेर्ने कथा’ बाट चर्चामा आएका प्रकाश तामाङ्ग गोरखाको चुमभ्यालीबाट बिदा भएर भोजपुर फर्किएका छन् । साहु, जनप्रतिनिधि, सुरक्षाकर्मी, नागरिक अगुवाहरुले आज उनलाई बिदाई गरेका हुन् । 

साहु टसी लामाले उनलाई १ लाख रुपैयाँ पारिश्रमिक दिने बताएको चुमनुव्री गाउँपालिका–७ का वडाध्यक्ष टसी दोर्जे लामाले बताए । उनका अनुसार गाउँपालिकाले पनि उनलाई एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ । 

‘आज उनलाई भव्यसँग बिदाई गरियो । साहुले उनको खाता खोलेपछि १० लाख रुपैयाँ हालिदिने भनेका छन् । गाउँपालिकाले एक लाख रुपैयाँ सहयोग गर्नेछ । साहुले बिदाई गर्दा २० हजार रुपैयाँ हातमा थमाइदिएका छन् । प्रकाश खुशी भएर यहाँबाट गए’,उनले भने ।

‘हेर्ने कथा’ टिमले प्रकाशलाई गोरखाको चुमभ्यालीमा फेला पारेको थियो । टिमले उनको परिवार पत्ता लगाएर ३५ वर्षपछि पुनःर्मिलन गराइदिएको छ । सानो उमेरमा गलैँचा उद्योगमा काम गर्न काठमाडौं आएका उनलाई एकजना शेर्पाले गोठालो बनाउन चुमभ्याली लगेका थिए ।

उनको संघर्षको भिडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकताका लागि पहल गर्नुभएको छ । त्यस्तै, उहाँले प्रकाशसँग भेट्ने इच्छा प्रकट गर्नुभएको छ । यता, कोशी प्रदेश सरकारले पनि उनलाई सहयोगको घोषणा गरेको छ ।

टिप्पणीहरू