भ्युटावर निर्माणमा भ्रष्टाचारको आरोप लागेकालाई सफाई

भ्युटावर निर्माणमा भ्रष्टाचारको आरोप लागेकालाई सफाई
सुन्नुहोस्

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । भ्युटावर निर्माणमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा प्रतिवादीहरुले सफाइ पाएपछि अख्तियार सर्वोच्च पुगेको छ । 

असुरक्षित र गुणस्तरहीन भ्युटावर निर्माण गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको भन्दै बाँकेको कोहलपुरस्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुलीसहित तीन जनाविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको थियो । 

उनीहरुविरुछ १५ लाख आठ हजार ६०९ रुपैयाँ बिगो माग गरिएको थियो । विशेष अदालतको गत मंसिर २७ गतेको फैसलाले उनीहरुलाई सफाइ दिएको हो । त्यसप्रति असन्तृष्ट अख्तियारले तथ्य र कागजात हेरी विचार गरेर फैसला गर्नुपर्नेमा विशेष अदालतले त्यसो नगरी त्रुटिपूर्ण फैसला गरेको भन्दै आज सर्वोच्चमा पुनरावेदन गरेको हो ।

टिप्पणीहरू