गृहसचिव एकनारायण अर्याललाई मुख्यसचिवको जिम्मेवारी

गृहसचिव एकनारायण अर्याललाई मुख्यसचिवको जिम्मेवारी
सुन्नुहोस्

सरकारले गृहसचिव एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ । साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको क्याबिनेट बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ । 

गत साउन १० गते मुख्य सचिवमा नियुक्त लिलादेवी गड्तौला उमेर हदका कारण भोलिदेखि अनिवार्य अवकाशमा जाने भएकाले उक्त पदमा अर्याललाई नियुक्त गरिएको हो ।

अर्याल आगामी २०८२ मंसिर १० सम्म मुख्य सचिवमा रहने छन् । २०४६ सालमा निजामती सेवा प्रवेश गरेका उनी २०७६ फागुनमा सचिवमा बढुवा भएका थिए ।

आजैको बैठकले कलाकार दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।

टिप्पणीहरू