अन्तरिम आदेश खारेजबारे सर्वोच्चमा बहस जारी

अन्तरिम आदेश खारेजबारे सर्वोच्चमा बहस जारी

सर्वोच्च अदालतले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधिसम्बन्धी विवादमा दिएको अन्तरिम आदेशविरुद्ध सरकारले दायर गरेको भ्याकेट निवेदनमाथि सुनुवाई भइरहेको छ । न्यायाधीशद्वय विनोद शर्मा र शारङ्गा सुवेदीको १० नम्बर इजलासमा सुनुवाई भइरहेको छ ।  

सरकारको तर्फबाट गृह सचिवले अन्तरिम आदेश बदरका लागि दायर गरेको निवेदनमाथि शीघ्र सुनुवाईका लागि हिजो न्यायाधीश नहकुल सुवेदी र विनोद शर्माको इजलासले आदेश दिएपछि आज इजलास नम्बर १० मा पेसीमा राखिएको हो । यसअघि विभिन्न दर्जाका २१ जना प्रहरी अधिकारीले दायर गरेको रिटमा भदौ ६ गते सर्वोच्चका न्यायाधीश हरि फुयाँलको इजलासले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । 

त्यसपछि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका विभिन्न तहका कर्मचारीले दायर गरेको रिटमा न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेशको सट्टा कारण देखाउ आदेश जारी गरेको छ । एउटै विषयमा अदालतबाट भएको दुई फरक आदेशले अन्यौल सिर्जना गरेको सरकारको भनाई छ । 

सरकारले निजामती ऐन, संघीय प्रहरी ऐनमा आवश्यक संशोधनको प्रक्रिया अघि बढाएको अवस्थामा सर्वोच्चबाट भदौ ६ गते भएको आदेशले प्रहरी र सशस्त्रमा चेन अफ कमाण्ड नै भताभुंग बनाउने भन्दै चिन्ता व्यक्त गरिएको छ । 

टिप्पणीहरू