यातायात कार्यालय अगाडि काँग्रेसी कार्यकर्ताको नारा जुलुस

यातायात कार्यालय अगाडि काँग्रेसी कार्यकर्ताको नारा जुलुस

यातायात व्यवस्था विभाग खारेजीको माग गर्दै सत्तारुढ नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ विरोध प्रदर्शनमा उत्रिएको छ।

कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत नेविसंघका कार्यकर्ताले आज मध्याह्न मीनभवनस्थित यातायात व्यवस्था विभाग अगाडि भेला भएर विरोध प्रदर्शन गरेका हुन् । स्ववियु सदस्य अभिषेक कार्कीको नेतृत्वमा करिब दुई दर्जनको संख्यामा रहेका प्रदर्शनकारीले विभागका महानिर्देशकविरुद्ध चर्को नाराबाजी गरे । 

क्याम्पसको पोशाकमा नेविसंघको झण्डा बोकेर सडकमा उत्रिएका काँग्रेसी विद्यार्थीहरुले 'नालायक डिजि मूर्दावाद', 'नालायक डिजि राजीनामा दे', 'यस्तो डिजि चाहिदैन', 'स्मार्ट लाइसेन्स जारी गर', 'यातायात व्यवस्था विभाग खारेज गर', जस्ता नारा लगाएका छन् । सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणमा चरम अनियमितता भएको उनीहरुको आरोप छ।
 

टिप्पणीहरू