मोहन मैनालीको मुकाम रणमैदानलाई मदन पुरस्कार
यस वर्षको मदन पुरस्कार मोहन मैनालीको पुस्तक ‘मुकाम रणमैदान’लाई प्रदान गरिने भएको छ ।
मदन पुरस्कार गुठीको आज बसेको बैठकले मदन पुरस्कारका लागि उक्त पुस्तकलाई छानेको हो ।
पुरस्कारका लागि उत्कृष्ट पाँच कृति छानिएका थिए । जसमध्ये भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापाको ‘सन्त्रासका साठी दिन’लाई पछि पार्दै लेखक मैनालीको 'मुकाम रणमैदान' पुरस्कार जित्न सफल भयो ।
गुठीले यस वर्षको जगदम्बा श्री पुस्कार प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई प्रदान गर्ने निर्णय पनि गरेको छ । दुवै पुस्कारको राशि चार–चार लाख रुपैयाँ तोकिएको छ ।
टिप्पणीहरू