‘राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार’का लागि आवेदन आह्वान
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार’ का लागि आवेदन मागेको छ ।
आज सूचना जारी गर्दै मन्त्रालयले योग्यता पुगेका इच्छुक व्यक्तिलाई आगामी तीस दिनभित्र आवेदन पेश गर्न भनेको हो । मन्त्रालयले संस्कृति प्रवर्द्धन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा चार वटा विधामा पुरस्कार वितरण गर्दैछ ।
प्रत्येक विधामा सात प्रदेशबाट एक–एक जनालाई प्रादेशिक प्रतिभा पुरस्कार दिइने छ । पुरस्कारको मूल विधा संस्कृति, संगीत एंव नाट्य, ललितकला र भाषा एंव साहित्य रहने छ ।
‘राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार कार्यविधि, २०७४’ बमोजिम योग्य व्यक्ति तथा संस्थाले पुरस्कारका लागि आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।
टिप्पणीहरू