जब केपी प्रम भए

जब केपी प्रम भए

केपी ओली प्रधानमन्त्री भएपछि देशमा अनेक घट्नै नपर्ने घटनाहरू घटिरहेका छन् । त्रिशूलीमा दुइटा बस खस्यो । बस त अरु पनि खसेका छन् । तर ती दुई बस यसरी खसे कि अहिलेसम्म खोज्न सकिएको छैन । 

त्यसपछि विमान खस्यो । उडेको कति सेकेण्डमै खसेको रे । त्यसरी उड्ने बित्तिकै कहिल्यै विमान खसेको थिएन । 

विमान पछि हेलिकप्टर खस्यो । हेलिकप्टर भन्ने कुरा पनि हतपत खस्ने चिज 

होइन । तर देशमा केपी ओली प्रधानमन्त्री भएको बेला नखसी कहाँ सुख पाइन्छ ! 

अब विडम्बनै भनौं, सोलुखुम्बुमा कहिल्यै नखस्ने हिमताल खस्यो । पूरा गाउँ बगाइदियो । नेपालमा हिमताल फुटेर खस्ने घटना थोरै मात्र हुन्छन् । केपी प्रधानमन्त्री भएको बेला त्यो पनि भइदियो । 

बंगलादेशमा प्रधानमन्त्री भाग्नुप¥यो । भारतमा एउटी डाक्टरको सामुहिक बलात्कार पछि हत्या भयो । पाकिस्तानमा विद्रोह चर्कियो । योचाहिँ केपी प्रधानमन्त्री हुनुले छिमेकमा परेको असर हो कि ?

 

टिप्पणीहरू