बालेनको लिंग भेद

बालेनको लिंग भेद

अहिले सामाजिक सञ्जालमा अश्लीलताको बाढी नै छ । तर अश्लीलताको बाढी आए पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई भने त्यसले पटक्कै छोएको देखिएन । शायद उनी आफै सामाजिक सञ्जालको बाढीकर्ता भएर पनि होला ।

काठमाडौंमा उनीद्वारा पालित–पोषित युट्युबेहरूको बाढी जस्तै छ नि । अस्ति भर्खर उपमेयर सुनिता डंगोल र मेयर बालेन साहको फोटो राखेर रोमान्स गरिरहेको भिडियो पोष्ट भयो । त्यो देख्नेबित्तिकै सुनिता डंगोल त साइबर ब्युरोमा दौडिहालिन् । बालेन साहचाहिँ कतै पनि दौडिएनन् । शायद त्यो भिडियोले आफ्नो अपमान गरेको उनलाई पटक्कै लागेन होला । न कतै नेवाः सुन्दरी सुनितासँग रोमान्स गरेको नक्कली भिडियो देखेर उनले मज्जै पो लिए कि ? होइन भने एउटै भिडियोमा महिलाले अपमान भएको ठान्ने र पुरुषले केही पनि नठान्ने कसरी हुन्छ ?  

अहिले एउटा तीज गीत पनि चर्चित छ– बालेन जस्तो पाएँ भने पोइला गइदिन्छु । बालेनसँग पोइल आउँछु भन्नु पनि बालेनको अपमान हो कि होइन ? कुनै पुरुषले बालेनकी श्रीमतीलाई भगाइदिन्छु भनेर गीत बनायो भने त्यसले बालेनकी श्रीमतीको अपमान हुन्छ कि सम्मान ? श्रीमती भगाउँछु भन्दा अपमान हुन्छ भने श्रीमान्सँग पोइल आउँछु भन्दा सम्मान कसरी हुन्छ ? के यसमा कसैले लैंगिक भेद देखेन ? 
 

टिप्पणीहरू